बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्न सक्रिय गिरोहका ६ जना पक्राउ

काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्न सक्रिय गिरोहका ६ जना पक्राउ

युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहमा सक्रिय ६ जनालाई पक्राउ गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७ खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७ सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५ दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको बताए।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेको पाइएको कोइरालाले बताए। त्यसपछि ती व्यक्तिको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए।

सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको पाइएको कोइरालाले बताए । ‘दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको खुलेको छ,’ उनले भने। पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसुरअन्तरगत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 17, 2022| 18:59 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।