बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार वर्ष सुब्बाको जागिर खाँदा ६ करोड कमाई, भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

चार वर्ष सुब्बाको जागिर खाँदा ६ करोड कमाई, भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

बिध ल्याबका सञ्चालक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- बिध ल्याबका सञ्चालक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। भण्डारीले २०७३ असोज २१ मा राजपत्र अंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए। स्वेच्छिक अवकाश लिएर कोरोना महामारीमा मेडिकल क्षेत्रको व्यापार गरेका थिए।

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्म जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत)समेत गरी जम्मा २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा आय आर्जन गरेको देखिएको अख्तियारको भनाई छ।

तर, उनको खर्च तथा लगानी (व्यय)तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ। सम्पत्तिको स्रोत नखुलेको जनाउँदै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले भण्डारीको नाममा रहेको सम्पत्तिबाट ६ करोड ६ लाख ४१ हजार ८ सय १३ रुपैयाँ ९१ पैसा र अपुग बिगो निजकै एकल स्वामित्वको कम्पनीको बैंक मौज्दातबाट १७ लाख ६२ हजार १ सय ९२ रुपैयाँ ५३ पैसासमेत गरेर ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा जफत गर्नसमेत माग गर्दै मुद्दा दायर गरिएको छ।

Shivam cement

प्रकाशित: Jun 17, 2022| 18:14 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।