आइतबार, जेठ ६, २०८१

धावकको ध्यान एसियाली खेलकुदमा

विभिन्न दूरीको समूहमा अभ्यास गर्नका लागि रंगशाला आइपुग्ने २० जना खेलाडी अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। अर्को वर्ष एसियाली खेलकुद हुने आशाका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द प्रशिक्षणको आयोजना गरेपछि खेलाडीहरु थपिएको उर्जा र जोश लिएर रंगशाला पुग्ने गरेको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ बताउँछन्।
 |  शनिबार, असार ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार ४, २०७९

काठमाडौं- धेरैजसो शान्त देखिने दशरथ रंगशालाको माहोल अहिले फेरिएको छ। रंगशालाभित्र रहेको सेन्थेटिक ट्रयाकमा दौडिन एकाबिहानै एथलेटिक्स खेलाडीहरु त्रिपुरेश्वर पुग्छन्। पाँच किमीदेखि म्याराथनसम्म दौडिने धावकधाविका आफ्नो क्षमतालाई तिखार्न त्यहाँ पुगेका हुन्।

triton college

विभिन्न दूरीको समूहमा अभ्यास गर्नका लागि रंगशाला आइपुग्ने २० जना खेलाडी अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। अर्को वर्ष एसियाली खेलकुद हुने आशाका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द प्रशिक्षणको आयोजना गरेपछि खेलाडीहरु थपिएको उर्जा र जोश लिएर रंगशाला पुग्ने गरेको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ बताउँछन्।

‘एसियाली खेलकुदको मिति नतोकिकनै राखेपले यो अभ्यास गराइरहेको अवस्थामा उत्साही खेलाडी मन लगाएर अभ्यास गरिरहेका छन्,’ उनले भने।

बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाले नेपाली आकाश ढाकिन थालेपछि वर्षा भइरहेको छ। त्यसैले वर्षामा अभ्यास गर्न कहिलेकाहिँ गाह्रो पर्न सक्छ। ‘वर्षामा अभ्यास गर्नका लागि समस्या त हुन्छ नै। त्यसका बाबजुद हामीले विकल्पको अभ्यास गरिरहेका नै छौं। गुरुहरुले मिलाइदिएर त्यो अनुसारकै अभ्यास गरिरहेका छौं,’ खेलाडी गोपीचन्द्र पार्कीले भने।

वर्षालाई बेवास्ता गर्दै खेलाडीहरु आफ्नो लक्ष्य प्रप्तिका लागि मैदानमा दौडिरहेकै देखिन्छन्। वर्षाले अभ्यासमा गाह्रो पारेको छैन? जवाफमा प्रशिक्षक गुरुङले सेन्थेटिक ट्रयाकमा अभ्यास हुने भएकाले सामान्य वर्षाले असर नपार्ने बताए।

corrent noodles
Metro Mart

तर घना वर्षा भए त्यसले चाहिँ असर गर्न सक्छ। ‘घना वर्षा भयो भने चाहिँ अभ्यासमा असर गर्छ। त्यस्तो अवस्थामा हामी इन्डोर अभ्यास पनि गर्न सक्छौं। त्यसका लागि हाम्रो प्रशिक्षकहरुको टोली हुनुहुन्छ,’ गुरुङले नेपाल समयसँग भने, ‘धनीराम र राकेश प्रशिक्षक हुनुहुन्छ। टिम र खेलाडी हेरेर उहाँहरुले तत्कालै अभ्यासको शैली हेर्नुहुने छ।’

विभिन्न दूरीको समूहमा अभ्यास गर्नका लागि रंगशाला आइपुग्ने २० जना खेलाडी अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। अर्को वर्ष एसियाली खेलकुद हुने आशाका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द प्रशिक्षणको आयोजना गरेपछि खेलाडीहरु थपिएको उर्जा र जोश लिएर रंगशाला पुग्ने गरेको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ बताउँछन्।

मौसम जस्तौसकै होस्, अहिले खेलाडीको मुहार खुलेको छ। राष्ट्रिय टिमका सबै खलाडी एकैठाउँ भेला भएर खेल्न पाउनु नै खेलले गति लिनु सरह भएको छ। त्यसैले त खेलाडीहरु पनि धेरै उत्साही रहेको प्रशिक्षक बताउँछन्। भन्छन्, ‘हाम्रो अहिले मिति नतोकिँदै भएको अभ्यासले त एसियाली खेलकुदमा धेरै राम्रो गर्ने हौसला मिल्ने रहेछ।’

करिब अढाइ वर्षपछि राष्ट्रिय टिमका सबै खेलाडीलाई एकैठाउँमा पाएपछि धावक गोपीचन्द्र पार्की पनि दंग छन्। कस्तो भइरहेको छ नि? प्रश्न सिद्धिन नपाउँदै पार्कीले भने, ‘सबै खेलाडी उत्साही छन्। म पनि उत्साही हुने नै भएँ। साढे दुई वर्षपछि राष्ट्रिय टिमको अभ्यास सुरु हुनु नै खुसीको कुरा हो। अभ्यास राम्रो चलिरहेको छ।’

त्यस्तै खुसी १३ औं सागकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठको मुहारमा पनि छ। एथ्लेटिक्समा महिलातर्फ पहिलो स्वर्ण जित्ने सन्तोषी दोस्रो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएकी हुन्। उनलाई लाग्छ, खेलाडीलाई उत्साह दिने पनि यस्तै कुराले हो। ‘अभ्यास नगर्दा अल्छी भइन्छ। तर क्याम्प नै सुरु भइसकेपछि चाहिँ ‘प्रतियोगिता आयो है’ भनेर मेन्टल्ली बुस्टअप हुन्छ,’ उनले भनिन्, ‘अभ्यास भएपछि उर्जा, उत्साह भइरहेको छ।’

पछिल्लो चार महिना सन्तोषीका लागि सजिलो थिएन। स्वर्ण जितेका दुई खुट्टा चोटको सामना गर्न पुगे। उनी विरामी भइन्। तर अहिले त्यो चोट रिकभर भइरहेको छ। ‘यो महत्त्वपूर्ण समयमा मैले गर्नैपर्छ भन्ने लाग्छ। कतिबेला चाहिँ गिभआप गर्नुपर्छ भन्ने पनि लागिरहेको हुन्छ। तर अहिले ध्यान दिएर अभ्यास त गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भनिन्।

'मुहारमा देखिएको उत्साह र खुसीलाई अभ्यासमा बदल्नु नै खेलाडीको मूल कर्म हो,' सागमै रजत जितेकी पुष्पा भण्डारी अलि दृढ सुनिन्छिन्। उनी मेहनत र अभ्यासमा आफ्नो जीवन देख्छिन्।

‘अभ्यास चलिरहन्छ, बन्द प्रशिक्षण पहिले पनि चलिरहेको कुरा हो। अहिले अझै राम्रो हुँदैछ। राष्ट्रिय टिममा मिलेर गरिरहँदा, एकै स्तरका खेलाडी भएर सजिलो भएको चाहिँ पक्का हो,’ पुष्पाले नेपाल समयसँग भनिन्।

१३ औं सागमा एथ्लेटिक्सतर्फ म्याराथनमा पुष्पाले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले कान्छीमाया कोजुको रेकर्ड पाँच मिनेटले ब्रेक गरेर कीर्तिमान (२ घण्टा ५० मिनेट ११  सेकेन्ड) कायम गरेकी थिइन्।

करिब अढाइ वर्षपछि राष्ट्रिय टिमका सबै खेलाडीलाई एकैठाउँमा पाएपछि धावक गोपीचन्द्र पार्की पनि दंग छन्। कस्तो भइरहेको छ नि? प्रश्न सिद्धिन नपाउँदै पार्कीले भने, ‘सबै खेलाडी उत्साही छन्। म पनि उत्साही हुने नै भएँ। साढे दुई वर्षपछि राष्ट्रिय टिमको अभ्यास सुरु हुनु नै खुसीको कुरा हो। अभ्यास राम्रो चलिरहेको छ।’

अहिले एथ्लेटिक्स संघले जेठ १५, १६ र १७ गते खेलाडीको छनोट गरेको थियो। तर क्याम्प जेठ २४ गतेबाट सुरु भएको हो। दैनिक बिहान ७ देखि १० बजेसम्म भइरहेको अभ्यासमा प्रायः सबै खेलाडी विभागीय टिमका छन्। २० मा १९ जना आर्मी, पुलिस र एपीएफका खेलाडी छन् भने सन्तोषी श्रेष्ठ स्वतन्त्र खेलाडी हुन्।

तत्कालका लागि एसियाली खेलकुद भन्दा राष्ट्रिय खेलकुदकै लागि प्रशिक्षण केन्द्रमा रहने प्रशिक्षक तामाङ बताउँछन्। उनले भने, ‘हामीले मध्यनजर चाहिँ नवौं राष्ट्रिय खेलकुदका लागि गरेका छौं। विभागका खेलाडीहरु तयार भइरहेका छन्।’

राष्ट्रिय च्याम्पियनसिपको उत्साह

राखेपले दिएको ४० कार्यदिनबीच एथ्लेटिक्सले प्रतियोगिता आयोजना गर्दैछ, राष्ट्रिय च्याम्पियनसिप। त्यसमा बन्द प्रशिक्षणमा रहेका खेलाडीबाहेक थुप्रै खेलाडीले भाग लिनेछन्। त्यहाँबाट खेलाडी घटबढ हुनसक्ने प्रशिक्षकले संकेत गरेका छन्। र, त्यसले खेलाडीको प्रदर्शनमा सुधार ल्याउन सक्नेछ।

‘एथ्लेटिक्स संघले असार १० गतेदेखि देखि १२ गतेसम्म नेसनल च्याम्पियनसिपको आयोजना गरिरहेको छ,’ प्रशिक्षकले भने, ‘त्यो गेमले हामीलाई तिखार्न मौका पनि दिनेछ।’

खेलाडी च्याम्पियनसिपलाई लिएर धेरै उत्साही देखिन्छन्। च्याम्पियनसिपले खेलाडीमा सकारात्मक फाइदा पुग्नेमा गोपी विश्वास्त छन्। ‘अहिलेको समयमा एक्सपोजर एकदमै जरुरी छ। संघलले आयोजना गरेको च्याम्पियनसिप एकदमै महत्वपूर्ण छ,’ गोपीले भने, ‘राष्ट्रिय टिमको अभ्यासबीच प्रतियोगिता खेल्न पाउँदा कम्पिटिसनको भावना आउने र त्यसले नतिजामा सहयोग गर्ने हुन्छ। कतिपय इभेन्टका खेलाडीले साढे दुई वर्षदेखि खेल्नै पाएका छैनन्। उनीहरुलाई पनि राहत हुन्छ।’

आउँदो च्याम्पियनसिपमा बन्द प्रशिक्षणमा नभएका खेलाडीलाई राम्रो प्रदर्शन गर्न सुझाव दिन्छिन् पुषा। भन्छिन्, ‘आइरहेको च्याम्पियनसिपमा नयाँ खेलाडी सहभागी हुनेछन्। उनीहरुले पनि धेरै तयारी गरिरहेको होलान्। प्रतियोगितामा राम्रो प्रदर्शन गर्नका लागि सुझाव दिन चाहन्छु।’ पुष्पा आफैं पनि चोटबाट सतर्क छिन्। अरुलाई पनि सजग रहन आग्रह गर्छिन्, ‘ग्रोइङ पेनबाट जोगिनु पर्छ। अहिलेको लागि चाहिँ आफू अलर्ट भयो भने राम्रो हुन्छ।’

‘एथ्लेटिक्स संघले असार १० गतेदेखि देखि १२ गतेसम्म नेसनल च्याम्पियनसिपको आयोजना गरिरहेको छ,’ प्रशिक्षकले भने, ‘त्यो गेमले हामीलाई तिखार्न मौका पनि दिनेछ।’

खेलाडीले आउँदो प्रतियोगिताको शृंखलाबद्ध तालिका देखिरहेका छन्। अभ्यास र तालिम त्यसैअनुसार अघि बढिरहेको छ। यद्यपी खेलाडी हरेक अवस्थामा अलर्ट रहनुपर्ने पुष्पाको बुझाइ छ। ‘खेलको तालिका आफूअघि हुनु भनेको खेलाडीको हौषला बढ्नु हो। खेल छैन भने त निराश भइन्छ। तर हामी देशको सैन्य शक्तिजस्तो हो। जतिबेला पनि तयार नै रहनुपर्छ भन्ने लाग्छ। म पनि हरेक दिन अभ्यास गर्छु,’ उनले भनिन्।

राष्ट्रिय टिमका खेलाडीको क्याम्प चलिरहेको भए पनि बाहिरबाट आउने खलाडीले आफैं अभ्यास गरेर आउनुपर्ने हुँदा गाह्रो पर्ने देख्छिन् सन्तोषी। ‘हाम्रो त क्याम्प चलिरहेको छ। तर, ओहो ! बाहिरबाट आउने खेलाडी पनि छन् भन्ने लाग्छ,’ सन्तोषी भन्छिन्, ‘अब उनीहरुले क्याम्पमा पर्नेगरी आफूलाई मोटिभेट गर्नुपर्छ भन्ने लाग्छ। कोही पनि एकैपटक सफल हुँदैनन्। जसले व्यक्तिगत अभ्यास गरिरहेका छन्। उनीहरुले क्याम्पमा पर्ने गरी अभ्यास गर्नुपर्छ। सबैलाई अल द बेस्ट भन्न चहान्छु।’

लक्ष्य एसिया कप र १४ औं साग

पहिलो चरणको प्रशिक्षणलाई राखेपले ४० कार्यदिन दिएपछि एथ्लेटिक्सले त्यहि अनुसारको तालिका बनाएको छ। यो लङलिस्टमा २० खेलाडी छानिएपछि अब हाइ पर्फर्मिङ कमिटीले खेलाडीको छनोटबारे काममा सहयोग गर्नेछ। जसका लागि राखेपले सहयोग र समन्वय गर्ने प्रशिक्षक गुरुङ बताउँछन्।

‘४० दिनमा एक किसिमका खेलाडी लिएर अभ्यासलाई कम गर्छौं। किनभने हामी सबैले बेस्ट दिनुपर्ने छ। र, त्यसका लागि सुरुदेखि अभ्यास गर्नुपर्ने हुन्छ,’ प्रशिक्षक गुरुङले भने, ‘ यसको छनोट भनेको मध्यम र लामो दूरीमा म्याराथन रहेको छ। साथै ज्याबलिङमा थर्ड मेडल ल्याएका थिए। त्यो बाहेक हाम्रो कुनै पनि फिल्ड इभेन्टमा मेडल नआएका कारण राम्रो इतिहास बोकेको खेललाई मात्र लिएका छौं।’

राखेपले एसियाली खेलकुदलाई लक्ष्यमा राखे पनि नेपालको अहिलेको लक्ष्य र नेपालीको ओलम्पिक भनेको दक्षिण एसियाली खेलकुद नै हो। किनभने पछिल्लो सागमा नेपालले जुन मेडल ल्याएको थियो, त्यसले पनि नेपालको सम्भावना उजागर गरेको छ। त्यहि विधालाई ध्यानमा राखेर अहिले एसियाली खेलकुदको बन्द प्रक्षिणमा खेलाडी छनोट गरिएको प्रशिक्षक गुरुङले बताए।

एसियाली खेलकुदमा भाग लिन पाउनुले खेलाडीलाई धेरै कुरा सिकाउँछ। र, खेलाडीलाई हौसला पनि मिल्छ। प्रशिक्षक गुरुङले भने, ‘खेल्यो–खेल्यो तर प्रतियोगितामा भाग लिन पाएन भने निराशा पैदा गर्छ। र, एसियन गेम्सले चाहिँ आउने साग गेम्समा थप फाइदा पुग्नेछ।’

अब एसियाली खेलकुदका लागि आठ देखि १२ महिनाको समय छ। त्यति अभ्यास गर्न सक्यो भने पछिल्लो समयमा निकै उच्च समयमा आएका कीर्तिमानहरु पनि भंग हुनसक्ने धावक पार्की बताउँछन्। 

‘पहिलेको भन्दा रिजल्ट राम्रो आइरहेको छ। तीन चार वटा इभेन्टमा अब राष्ट्रिय रेकर्डहरु बन्न सक्छन्,’ पार्कीले भने, ‘टफ रिजल्ट आएको खेलहरु जस्तै पाँच, १० किमी र म्याराथनमा हुन सक्छ।’

पहिलो चरणको प्रशिक्षणलाई राखेपले ४० कार्यदिन दिएपछि एथ्लेटिक्सले त्यहि अनुसारको तालिका बनाएको छ। यो लङलिस्टमा २० खेलाडी छानिएपछि अब हाइ पर्फर्मिङ कमिटीले खेलाडीको छनोटबारे काममा सहयोग गर्नेछ। जसका लागि राखेपले सहयोग र समन्वय गर्ने प्रशिक्षक गुरुङ बताउँछन्।

अहिले पार्कीले चाहिँ ५ र १० किमी दूरीका लागि अभ्यास गरिरहेका छन्। खेलाडीमा लगानी गर्नु भनेको देशको लागि लगानी गर्नु हो भन्ने बुझेका पार्कीले धेरै मेहनत गरिरहेको र गर्नुपर्ने बताए। उनले भने, ‘राखेपका प्रशिक्षकहरु पनि त्यसरी नै खटिरहनु भएको छ। अभ्यासले हामीलाई सहज भइरहेको नै छ।’

उनले थपे, ‘राष्ट्रिय च्याम्पियनसिप, राष्ट्रिय खेलकुद, साग र एसियन गेम्स यसरी खेलहरुको निरन्तर आयोजना अघि भइरहेको अवस्थामा अभ्यास गर्न धेरै प्रेरणा मिल्छ।’

पुष्पा भण्डारीले म्याराथनकै लागि अभ्यास गरिरहेकी छन्। कोभिड १९ को समयमा पनि बंगलादेशमा स्वर्ण जितेर फर्किएकी पुष्पा दौडमा अलि धेरै खटिनु पर्छ। ‘छोटो दूरीको भन्दा म्याराथनका लागि बढी समय खटिनु पनि पर्छ,’ उनले भनिन्, ‘रेस्ट पनि धेरै चाहिन्छ। पहिलेदेखि नै म्याराथन गरेको भएकाले मलाई गाह्रो चाहिँ भएको छैन।’

तर बन्द प्रशिक्षणको उद्देश्य नै एसियाली खेलकुद भएकाले अहिलेदेखि नै अभ्यास गर्न पाएपछि धेरै नै सुधार गर्न सकिने पुष्पाको विश्वास छ।

यता सन्तोषीले केहि महिना अघिमात्र पहिलो पटक देशको प्रतिनिधित्व गर्दै स्तानबुलमा प्रतिस्पर्धा गरेकी थिइन्। ‘एलिट एथ्लिटमा खेल्न पाउनु लक हो। चोटले गाह्रो भयो। त्यो नभएको भए मेरो जीवनको एउटा टर्निङ प्वाइन्ट हुन्थ्यो,’ नेपाल समयसँग सन्तोषीले भनिन्। तर उनलाई त्यो रेस सहज भएन। चोटले सतायो। गाह्रौ भए पनि उनले दौड चाहिँ पूरा गरिन्।

अहिले त्यो दुखाइ कम भइरहेको छ भने त्यसका कारण नयाँ दुखाइ थपिएका छन्। यद्यपि खेल्न छोडेको छैन। र, प्रगति भइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘अहिले धेरै खेल अघि आइरहेका छन्। यस्तोमा चोटसँगै आएका अवसरमा चुनौति पनि उत्तिकै हुन्छन्। मेरो केसमा चाहिँ चार महिनादेखि राम्रो अभ्यास गरेको छैन। र पनि मैले राम्रो दिन खोजिरहेको छु। आफूलाई एकदमै गर्न मन लागिरहेको हुन्छ।’

उनलाई लाग्छ, मेहनतमा दु:ख त जति पनि सहन सकिन्छ। तर समय चुनौति मात्र नभएर कहिलेकाहिँ दुर्भाग्य पनि हो। भन्छिन्, ‘खेलमा तलमाथि भइरहेको हुन्छ। अब डाउन टाइम सकिएपछि म अपमा जान्छु भन्ने लागेको छ। सबैले यसरी नै सोच्नुपर्छ।’

पुष्पा भण्डारीले म्याराथनकै लागि अभ्यास गरिरहेकी छन्। कोभिड १९ को समयमा पनि बंगलादेशमा स्वर्ण जितेर फर्किएकी पुष्पा दौडमा अलि धेरै खटिनु पर्छ।

जे होस्, अहिलेको बन्द प्रशिक्षणले उनलाई एउटा नयाँ आशा दिएको छ एसियन गेम्समा खेल्ने। खेल सुरु हुनुभन्दा धेरै अघि सुरु गरिएको अभ्यासले खलाडीलाई मानसिक रुपमा तयार राख्न सजिलो हुने पनि उनी बताउँछिन्।

‘हामीलाई मानसिक रुपमा सहज भएको छ। फ्रिलान्स खेलाडी भएर पनि अभ्यास गरिरहेको हुन्छु। अहिले सरकारले नै क्याम्प सुरु गरेपछि विस्तारै सुधार हुँदै जानेछ,’ उनले भनिन्, ‘मानसिक स्वास्थ्य राम्रो भएपछि फिजिकलमा राम्रो पुसअप हुन्छ।’ प्रतियोगिताभन्दा एक वर्षअघि नै सुरु गरिएको यो नै पहिलो पटक हो।

उनले थपिन्, ‘आम मानिस युद्धका लागि तयार हुँदैनन्। तर आर्मी हुन्छ। त्यो भनेको मानसिक रुपमा तयार हुनु हो। अब हामी प्रतियोगितामा जाँदा पनि मैले त्यत्रो जर्नी पार गरेर आएको छु भन्ने हुन्छ। खेलाडी धेरै जिम्मेवार हुन्छन्। हार्डवर्क र त्यागको नतिजा दिने समय आयो भनेर हामी तयार हुनुपर्छ।’

ओलम्पिकको  पीडाइलाई बिर्सिएर अघि बढ्दै गोपी

पछिल्लो समय ओलम्पिक सहभागितालाई लिएर गोपीले लामो समय चिन्तैचिन्तामा बिताए। उनले आठ महिनादेखि अभ्यास गरिरहेको भए पनि अन्तिम समयमा ओलम्पिकका छनोट हुन पाएनन्। त्यसैले उनले मिडियासामु दुःख व्यक्त गरेका थिए।

त्यो दुःखलाई बिर्सिएर अहिले अघि बढ्नुको विकल्प देख्दैनन्न गोपी। ‘यो अभ्यासले त्यो दुःख लाई विर्सिएर अघि बढ्नको लागि सहयोग गरेको छ। ओलम्पिक भनेको युगमा एकपटक हुने कुरा पनि हो। त्यो भएन पनि अन्तिममा नहुँदा चाहिँ अवश्य नै मानिस दु:खी हुन्छ। त्यसलाई सम्झेर रोएर केहि हुनेवाला छैन,’ उनले अहिले भनेका छन्।

अहिले गोपी ३२ वर्ष पुगेका छन्। उनलाई लाग्छ अझै ८–९ वर्ष खेल्न सकिन्छ। ‘४० वर्षसम्म खेलेको उदाहरण पनि छन्। वैकुण्ठ गुरुले पनि ३९ वर्षमा रेकर्ड बनाउनु भएको छ। मेरो आझै ८ वर्ष छ नि। देशले र विभिन्न संघसंस्थाले यसरी सहयोग गरिरिरहँदा हामीले कसरी अब्बल सावित गर्न सक्छौं भन्ने मात्र हो,’ उनले अन्तिममा भने।


प्रकाशित: Jun 18, 2022| 18:01 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।