बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु

भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बंगालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

झापा- झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्यांकीमा रेलको ठक्करबाट मृत्यु भएको छ।

National life

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बंगालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। 

घटनालगत्तै पानीट्यांकीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो। मृतकको शव सोही चौकीमा राखिएको छ। परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौंको संख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन्। पानीट्यांकीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ।

प्रकाशित: Jun 17, 2022| 11:27 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।