ताप्लेजुङ- सिरिजंगा गाउँपालिका–६ खेवाङमा बिहीबार बेलुका गएको पहिरोमा परी एकैघरका सासू-बुहारीको मृत्यु भएको छ। पहिरोमा परी छोरा घाइते भएका छन्।
निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासू-बुहारीको मृत्यु भएको हो।
सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासू तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको बताए।
मृतक दुवैजनाको शव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए।