काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका छन्। अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेका हुन्।
अन्नपूर्ण पोस्ट्ले मन्त्री आलेले अध्यक्ष अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक गरेको छ। आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै आलेले अधिकारीलाई गालीगलौज गर्दै हातपात गरेका हुन्।
अडियोमा मन्त्रीको कार्यकक्षमा रहेका अर्का एक व्यक्तिले हातपात हुनबाट रोकेको सुन्न सकिन्छ। अडियोमा अधिकारी मन्त्री आलेको कार्यकक्षको ढोका खोलेको सुनिन्छ। त्यसपछि अधिकारीले मन्त्री आलेलाई नमस्कार गर्छन्। अनि मन्त्री आलेले मोबाइल स्वीच अफ गर् भन्छन्। त्यसपछि आलेले अधिकारीलाई के गर्छस् तैँले भन्दै अश्लील शब्दमा गाली गर्दै हातपात गरेको आवाज अडियोमा सुनिन्छ
हातपात गर्न थालेपछि मन्त्रीज्यू नगर्नुहोस् न प्लिज भनेर तेस्रो व्यक्तिले भन्छन्। तर, आले रोकिँदैनन्। अश्लील गाली गर्दै आले अगाडि भन्छन् - तँलाई सेन्टरमा तानिदिन्छु भोलि नै। अनि अधिकारीले फेरि भन्छन् मिलाउँछु भनिसकेँ त मन्त्रीज्यू। मैले काम गर्छु भनेको छु, अब भइहाल्यो।
आले भन्छन् - कतिचोटि भन्ने तलाईं हँ?