बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल भर्ना भएकी राज्यमन्त्री विमला वली डिस्चार्ज

अस्पताल भर्ना भएकी राज्यमन्त्री विमला वली डिस्चार्ज

मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार बिहान ११ बजे डिस्चार्ज भएकी हुन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

बुटवल- दाङमा एक महिलामाथि घरमै पुगेर कुटपिट गरेको अभियोग लागेपछि अस्पताल भर्ना भएकी लुम्बिनीकी राज्यमन्त्री विमला कुमारी वली अस्पतालबाट डिस्चार्ज भएकी छन्।

National life

मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार  बिहान ११ बजे डिस्चार्ज भएकी हुन्।

स्वास्थ्य अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए। आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले बताए। उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ। त्यसो त वलीले बजेट प्रस्तुत हुने दिन बिरामी भएको वाहना मात्रै गरेको विपक्षीले आरोप लगाएका छन्।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती मिना भण्डारी बस्नेत र छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ। घरमै पुगेर आक्रमण गरेको भन्दै विपक्षी एमालेले तत्काल बर्खास्त गर्न माग गरेको थियो।

एमालेले राज्यमन्त्री वलीको घटनाका सन्दर्भमा सरकारको जवाफ माग गरेपछि मात्रै बुधबार संसद‍्मा बजेट पेस गर्न दिएको थियो। लुम्बिनी प्रदेश सरकारले घटना छानबिनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

Shivam cement

प्रकाशित: Jun 17, 2022| 07:50 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।