बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको छिमेकी पार्टी प्यालेसमा खुकुरी प्रहार, तीन जना पक्राउ

काठमाडौंको छिमेकी पार्टी प्यालेसमा खुकुरी प्रहार, तीन जना पक्राउ

काठमाडौंको छिमेकी पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- काठमाडौंको छिमेकी पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका– ६ घर भई गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी बस्ने ३० वर्षीय शरण पोखरेल, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका–४ का २२ वर्षीय कविराज तामाङ र सोही ठाउँका २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्। 

असार १ गते राति ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–५ नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक मादक पदार्थ सेवन गरेका केही मानिसहरू झगडा गरी धारिलो हतियारसमेत प्रहार गरेको भन्ने सूचनापछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली तत्कालै परिचालित भएको थियो।

घटनास्थलमा पुग्दा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ घर भई काठमाडौं कपन बस्ने ३५ वर्षीय धनबहादुर श्रेष्ठको टाउकोमा धारिलो हतियार प्रहार भइ चोट लागेको थियो।

बिवाहको पार्टीमा भएको सामान्य झगडाको निहुँमा रिसईवी राखी श्रेष्ठमाथि खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरूको साथबाट साथबाट एकथान खुकुरी र एकथान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनामाथि  मुलुकी अपराध (संहिता) ऐन,२०७४ अनुसार ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको  म्याद अनुमति अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 17, 2022| 06:44 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।