आइतबार, असोज ११, २०८३

जापानले पनि दियो नेपाललाई ३५ करोड रुपैयाँ अनुदान

जापान सरकारले पनि नेपाल सरकारलाई ३५ करोड रुपैयाँ अनुदान दिने भएको छ। जापान सरकारले घोषणा गरेको अनुदान रकम सरकारले स्वीकार गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- जापान सरकारले पनि नेपाल सरकारलाई ३५ करोड रुपैयाँ अनुदान दिने भएको छ। जापान सरकारले घोषणा गरेको अनुदान रकम सरकारले स्वीकार गर्ने निर्णय गरेको हो। 

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु ३५ करोड ५७ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

यसअघि २०७८ माघमा जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो। मुलुक कोरोना महामारीले थलिएको समयमा जापान सरकारले उक्त ऋण उपलब्ध गराएको थियो। 

यसअघि संयुक्त राज्य अमेरिकाले नेपाललाई एमसीसीमार्फत ६० अर्ब रुपैयाँ अनुदान दिने सम्झौता भएको छ। यसअघि सरकारले वैशाखमा अमेरिकी सहायता यूएसएडमार्फत अमेरिकाले प्रदान गर्ने ८० अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Jun 16, 2022| 22:20 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्