आइतबार, असोज ११, २०८३

भारतले फेरि बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा मूल्य बढाएर नेपाललाई नयाँ सूची पठाएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ। आईओसीले बिहीबार (जुन १६)मा निगमलाई पत्र पठाउँदै   पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइर पठाइने उल्लेख गरेको हो। 

भारतले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा मूल्य बढाएर नेपाललाई नयाँ सूची पठाएको छ। 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा घाटा छ। 'हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ।' हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भएको उनको भनाइ छ।

प्रकाशित: Jun 16, 2022| 20:20 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्