बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक : नेपाली सेना

एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक : नेपाली सेना

अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्रामबारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिरिक भएको नेपाली सेनाले पुष्टि गरेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ। 

National life

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरेका हुन्। 

उनले नेपाल समयसँगको कुराकानीमा भने, 'पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा छैन। त्यो पत्र आधिकारिक नै हो। यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा अनावश्यक हल्ला हो।' 

उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद्‌ व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताएका छन्। 'सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो,' उनले थपे, 'त्यसबेला अमेरिकासँग पनि मागेको हो। त्यहाँ सहयोग माग्‍ने क्रममा पत्र लेखिएको हो। उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो। त्यो बेलामा आईपीएस पनि थिएन। अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ। अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं।'

त्यसैगरी सेनाले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा उनले थपे, 'हिजो नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि अक्षरस: ठिक छ। सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन। अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन।' आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ।  

Shivam cement

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरिएको पत्र सार्वजनिक भएको हो। 

तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ। 

सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि गरिएको प्रस्ताव सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ। समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन्।

उनले भनिन्, 'एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ। यसको आधिकारीक कुरा के हो? यसमा सेनाको धारणा के हो? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं।' 

समितिको बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ। उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ। 


प्रकाशित: Jun 16, 2022| 19:47 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।