आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकासँग सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्य

सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकासँग सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्य

सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौंस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौंस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ। 

महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो ।

सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यलयको भुइँ तल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।

प्रकाशित: Jun 16, 2022| 16:57 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्