सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा ग्राहकलाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना ल्याएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– नबिल बैंकले महिला तथा युवा ग्राहकलाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना ल्याएको छ। 

National life

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत् महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जनाएको छ। 

१८ देखि २४ वर्षको उमेर भएको उद्यमी जो आफ्नो स्वामित्वमा व्यवसाय छ र जसले प्रत्यक्ष व्यवसाय सञ्चाल गरिरहेका छन्, त्यस्ता युवालाई यो योजना लक्षित गरिएको हो। 

यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो। एक महिनाको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम  प्रतिकारोबार २०० नगद फिर्ता दिइने बैंकले जनाएको छ। यो योजना असार महिनाभर लागू हुनेछ। 

Shivam cement

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजनामार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरूलाई बैकिङ च्यानलमा भित्र्याउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधान प्रदान गरी दिगो वित्तीय रुपान्तरणलाई बढावा दिने लक्ष्य राखेको छ। 


प्रकाशित: Jun 16, 2022| 16:35 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्