काठमाडौं– आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ। उनकी आमा कलावती देवी पाण्डेको ७४ वर्षको उमेरमा निवासस्थान पर्साको वीरगन्ज–४ पोखरीयामा बिहीबार निधन भएको हो।
उनका दुई छोरा रहेका छन्। पाण्डेले लामो समयदेखि ब्रान्डेड सामानहरुको नेपालमा आउटलेट सञ्चालन गर्दै आइरहेका छन्। कलावतीको हिन्दू परम्परा अनुसार शव दाहसंस्कार गरिने परिवारले जनाएको छ।