बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा समातिए १ अर्बभन्दा बढीको हेरोइनसहित सात विदेशी महिला

काठमाडौंमा समातिए १ अर्बभन्दा बढीको हेरोइनसहित सात विदेशी महिला

ब्युरोले गत जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले १ अर्ब २ करोड रुपैयाँबराबरको अवैध लागूऔषध हेरोइनसहित सात विदेशी महिलाई पक्राउ गरेको छ।

National life

ब्युरोले गत जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो। बरामद हेरोइनको बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको रहेको ब्युरोले जनाएको छ।

विभिन्न मुलुकबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो। हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुर्‍याइने गरेको   प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेका सात महिला दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले सो गिरोहलाई नियन्त्रणमा लिन त्रिभुुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो।

प्रकाशित: Jun 16, 2022| 15:50 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।