काठमाडौं- सरकारले नेपाल बेलायतको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।
त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिव ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ। प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए।
मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने
मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने
प्रवक्ता कार्कीका अनुसार २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने
२०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने
नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दुत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने
नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने
दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने
तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने
२०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने
निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने,
सरकारी सम्पति तथा निजी जेन्सी माल सामान बिक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने