बिहीबार, साउन २१, २०८३

दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jun 16, 2022| 12:54 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।