बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

रुपन्देही- रूपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ।

आफ्नै पसलमा काम गर्ने बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको हो।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: Jun 16, 2022| 12:45 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।