सोमबार, असार ८, २०८३

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति ०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति ०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।

National life

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको वैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि पनि नियुक्त गरिएको वैंकले जनाएको छ ।

नयाँ बानेश्वर शाखा स्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले संयुक्त रुपमा गरेका थिए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटिएम संचालनमा छन् ।

प्रकाशित: Jun 16, 2022| 12:16 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्