काठमाडौं- इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन्।
थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवाल सोमबार मृत भेटिएका हुन्।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका गरिएको छ।