आइतबार, असोज ११, २०८३

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। 

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला ६०० रुपैयाँले घटेको थियो। 

आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Jun 16, 2022| 11:52 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्