आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज हुने, सर्वाधिक सेयरपुँजी भएको बैंक बन्दै

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज हुने, सर्वाधिक सेयरपुँजी भएको बैंक बन्दै

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज हुने भएका छन्। बिहीबार दुवै बैंकले १:१ को अनुपातमा मर्ज हुने समझदारीमा हस्ताक्षर गरेका हुन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज हुने भएका छन्। बिहीबार दुवै बैंकले १:१ को अनुपातमा मर्ज हुने समझदारीमा हस्ताक्षर गरेका हुन्। 

याक एण्ड यति होटेलमा भएको समझदारीपत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। नयाँ बैंकको नाममा ग्लोबल आइएमई बिओके बैंक हुने छ। 

बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने बिओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुनेछन्। 

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुने छ। मर्जरपछि बैंकको पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ।

मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ भने ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ। 

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्तै दुई बैंकबीच मर्जर सहमति भएको हो। 

योसँगै ग्लोबल आइएमई बैंकसँग मर्ज हुने वाणिज्य बैंकको संख्या तीन पुगेको छ। यसअघि ग्लोबल आइएमई बैंकसँग मर्ज एन्ड ट्रस्ट र जनता बैंक मर्ज भएका थिए। यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भएको थियो।

प्रकाशित: Jun 16, 2022| 10:39 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्