ललितपुर- बुधबार ललितपुरको शंखमुल पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनका श्रीमान जितेन्द्र माझीले बचाएका छन्।
‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमान्ले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन्।
उनका श्रीमान् जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमान्को भएको भन्दै आफू कान्छो श्रीमान्सँग बस्न चाहेको बताएकी थिइन्। तर, उनका श्रीमान् माझीले ५ वटै छोरा आफ्नो भएको दाबी गरेका थिए।
जितेन्द्र कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन्। कान्छो श्रीमान्सँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन्।
माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोस्रो विवाह गरेकी हुन्।