बुधबार, असार ३, २०८३

विराटनगरमा दुई युवामाथि धारिलो हतियार प्रहार

विराटनगर महानगरपालिका-१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

विराटनगर- विराटनगर महानगरपालिका-१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ। ५-६ जनाको समूहमा आएका व्यक्तिले विराटनगर-१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बूमाथि राति १२ बजेतिर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। 

National life

हतियार प्रहारबाट दुवै जना घाइते भएका छन्। उनीहरूको कम्मर, तीघ्रालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। 

उनीहरूको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये विशालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। 

प्रहरीले घटनाको कारण र आक्रमणमा कुन हतियारको प्रयोग भएको हो भन्ने खुल्न बाँकी रहेको जनाएको छ। 

घटनामा विराटनगरको शहीद रंगशालानजिकका कुशल पाण्डे लगायतका युवाहरूको संलग्नता देखिएको र उनीहरूको खोजी भइरहेको जनाएको छ।

Shivam cement

प्रकाशित: Jun 16, 2022| 10:19 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।