बुधबार, असार ३, २०८३

तनहुँमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका-४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको हो।

National life

ज्यान गुमाउनेमा टिपर चालक तनहुँको म्याग्दे गाउँपालिका-६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै बिहीबार बिहान मुग्लिनबाट आँबुखैरेनीतर्फ छुटेको ग१क ४४६९ नम्बरको टिपर पुलबाट खोलामा खसेको हो।

दुर्घटनामा गभ्मीर  घाइते भएका दमैलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 16, 2022| 10:07 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।