मंगलबार, वैशाख २५, २०८१

प्रदेश १ को प्रतिव्यक्ति आय ११८ अमेरिकी डलरले बढ्ने अनुमान

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार प्रदेशगत रुपमा बागमतिको सवैभन्दा बढी २ हजार ४३० र सवैभन्दा कम मधेश प्रदेशको ८६८ अमेरिकी डलर रहेको अनुमान छ।
 |  बिहीबार, असार २, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असार २, २०७९

विराटनगर- प्रदेश १ को प्रतिव्यक्ति आय बढ्ने भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार २६७ अमेरिकी डलर हुने अनुमान गरिएको छ।

triton college

गतवर्ष १ हजार १४९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा ११८ अमेरिकी डलरले प्रतिव्यक्ति आय बढ्ने प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रायले अनुमान गरेको छ। २०७५/७६ मा १ हजार ८९ र ०७६/७७ मा १ हजार ७३ प्रतिव्यक्ति अमेरिकी डलर थियो। 

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार प्रदेशगत रुपमा बागमतिको सवैभन्दा बढी २ हजार ४३० र सवैभन्दा कम मधेश प्रदेशको ८६८ अमेरिकी डलर रहेको अनुमान छ। 

प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ। आर्थिक सर्वेक्षण २०७८/७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो।

चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश: घट्दै गई प्राय: सबै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा बृद्धि हुने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। 

corrent noodles
Metro Mart

प्रदेशगत रुपमा हेर्दा सवैभन्दा बढी बागमतीको ६ दशलमल ७४ र सवैभन्दा कम मधेश प्रदेशको ४ दशमलव ८२ प्रतिशत रहने अनुमान गरिएको छ। 

०७७/७८ मा प्रदेश १ को आर्थिक बृद्धिदर ४ दशमलव ३४ रहेको थियो। चालु आर्थिक वर्ष सहित पछिल्लो ४ वर्षमा बार्षिक औषत बृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको छ। 

आर्थिक सर्भेक्षण अनुसार गत आर्थिक वर्षको तुलनामा खर्चमा संकुचन आएको छ। २०७८/७९ को पहिलो ८ महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले संकुचन आएको छ। ८ महिनामा १२ अर्व ५८ करोड २७ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ३६ करोड ४६ लाख थियो। 

०७७/७८ मा प्रदेश १ को कुल खर्च ०७६/७७ को तुलनामा ६ दशमलव ३ प्रतिशतले संकुचन भएको थियो। ०७७/७८ मा  २७ अर्व ९५ करोड १३ लाख थियो। आ.व. ०७६/७७ मा कुल खर्च ०७५/७६ को तुलनामा ४० दशमलव ७ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: Jun 16, 2022| 08:35 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।