बिहीबार, साउन २१, २०८३

गर्भवती महिलामाथि कुटपिट, गर्भ खेर गयो

सामान्य विवादमा रौतहटमा एक गर्भवती महिलामाथि कुटपिट भएको छ। आँगनमा जमेको वर्षाको पानी सडकमा बगाउँदा उत्पन्न विवादपछि गर्भवती महिलामाथि कुटपिट भएको हो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

रौतहट- सामान्य विवादमा रौतहटमा एक गर्भवती महिलामाथि कुटपिट भएको छ। आँगनमा जमेको वर्षाको पानी सडकमा बगाउँदा उत्पन्न विवादपछि गर्भवती महिलामाथि कुटपिट भएको हो।

छिमेकीहरूले महिलामाथि लछारपछार गर्दै कुटपिट गर्दा  महिलाको गर्भ खेर गएको छ। रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठा घर भएका महमद सदाम हुसेनको घरको आँगनमा वर्षाको पानी जमेको र सो पानी निकासको लागि सार्वजनिक बाटोमा निकास गर्दा विवाद उत्पन्न भएको थियो।

छिमेकी इसराईल मिया लहेरी, सैरा खातुन, वहिद मिया कवारी, बद्री मिया कवारी र मोमिना खातुनसहितका महिला एवं पुरुषहरूले आइतबार दिउँसो घरमा एक्लै रहेकी २५ वर्षीया रहाना खातुनमाथि कुटपिट गरेको उनका श्रीमान हुसेनले बताए। 

निर्घात कुटपिट गर्दा उनको चार महिनाको गर्भ तुहिएको श्रीमान हुसेनले बताए। रहानको तल्लो पेटमा लौरो र मुक्काले प्रहार गर्दा वेहोस भएकी थिइन्। गाउँका अन्य व्यक्तिहरूले प्रतिकार गर्दा कुटपिटमा संलग्न व्यक्ति भागेका थिए। 

पीडित महिलालाई तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लगिएको थियो। कुटपिटकै कारण उपचारको क्रममा रहानाको गर्भ खेर गएको प्रादेशिक अस्पताल गौरले जनाएको छ।

३७ वर्षीया अरमुन खातुनको पनि कुटपिटबाट आँखामा गम्भीर चोट लागेको छ। आरोपितहरू खुलेआम हिँडिरहेको बताउँदै रहानाले आफूहरू असुरक्षीत भएको बताइन्। उनले आरोपितहरूलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले भने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jun 16, 2022| 07:49 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।