सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा कायम गरेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ९३ पैसा र बिक्री दर १२५ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ०२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ  ९३ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 16, 2022| 06:37 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्