बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको हो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

सप्तरी- मिटरब्याजी सप्तरीका रामदेव साह तेली र उनको परिवारबाट ठगीमा परेका सर्वसाधारणलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ। सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले आज सूचना जारी गर्दै खड्क नगरपालिका–७ कल्याणपुरका रामदेव, उनकी श्रीमती शिवकुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरी रेनुकुमारी साह र अनुराधाकुमारी साहले विभिन्न व्यक्तिलाई ठगी गरेको जाहेरी परी अनुसन्धान भइरहेको जनाएको छ।

आरोपितले मालपोत कार्यालयबाट धितोस्वरुप विभिन्न मानिसको घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवाब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नगरी ठगी गर्ने गरेको प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा यसबारे उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरेको छ।

मिटरब्याजी साहविरुद्ध गत सोमबार पीडितले राजविराजमा विरोध प्रदर्शन गरेका थिए। नेपाल प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरे पनि मुख्य आरोपित रामदेव, शिवकुमारी, रेणुकुमारी, चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहलाई पक्राउ गर्न सकेको छैन।

छोटो समयका लागि चर्को ब्याज लगाउने र समयमा तिर्न नसके सोहीअनुसार ब्याज बढाउँदै लाने कारोबार तीव्ररुपमा फैलिएको छ। यसरी कारोबार गर्नु जोखिमपूर्ण भएपछि पछिल्लो समय साहुहरूले ऋण चुक्ता गरेपछि फिर्ता गर्ने विश्वासमा पारी ऋणीको जग्गा आफ्नो नाममा रजिष्ट्ररी पास गर्ने, खाली चेक लिएर राख्ने गरेका छन्। 

प्रकाशित: Jun 16, 2022| 00:15 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।