बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसपीपी सम्झौतासम्बन्धी कुनै प्रक्रिया सुरु भएको छैन : नेपाली सेना

एसपीपी सम्झौतासम्बन्धी कुनै प्रक्रिया सुरु भएको छैन : नेपाली सेना

पछिल्लो समय निकै चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा नेपाली सेनाले ध्यानाकर्ष भएको जनाएको छ। सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको स्पष्ट पारेको हो।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- पछिल्लो समय निकै चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा नेपाली सेनाले ध्यानाकर्ष भएको जनाएको छ। सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको स्पष्ट पारेको हो। 

सेनाले नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी  भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिबद्धतासमेत जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ।' 

यसअघि विभिन्‍न सञ्‍चारमाध्यमहरुले एसपीपी सम्झौताको प्रस्तावित मस्यौदाको नेपाली संस्करण प्रकाशन गरेका थिए। उक्त मस्यौदा अनुसार नेपालमा अमेरिकी सेना आउने र उच्च हिमाली क्षेत्रमा ब्यारेक राख्‍ने कुरा उल्लेख गरिएको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणका क्रममा यस सम्झौतामा हस्ताक्षर हुने भन्दै नेकपा एमालेले चर्को विरोध गरिरहेको थियो। यसअघि बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपालको राष्ट्रि हित र स्वाधिनताविपरीत कुनै सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारेका थिए। 

अमेरिकी दूतावासले भने बुधबार पत्रकार सम्मेलन गर्दै सन् २०१५ र सन् २०१७ मा एसपीपीमा संलग्‍न हुन आग्रह गरेको र सन् २०१९ मा नेपालको आग्रहलाई अमेरिकाले स्वीकार गरेको बताएको छ। दूतावासले अहिले सार्वजनिक भएको सम्झौताको मस्यौदामा भने कुनै सत्यता नभएको स्पष्ट पारेको थियो। 


प्रकाशित: Jun 15, 2022| 21:59 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।