बुधबार, असार ३, २०८३

विद्युतीय सामान चोरीको आरोपमा ६ जना पक्राउ

ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेसनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेसनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२ घर भई ललितपुर बालकुमारी बस्ने १९ वर्षीय अंकित भुजेल, धादिङ थाक्रे गाउँपालिका-७ घर भई ललितपुर च्यासल बस्ने २४ वर्षीय सरोज खतिवडा, धादिङ थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय विजय थापा, काभ्रे मण्डनदेउपुर नगरपालिका-१२ घर भई ललितपुर बालकुमारी बस्ने ४० वर्षीय बिनोद शाही, भारत बिहार मोतिहारी आदारपुर थाना घर भई धादिङ धुनिबेसी नगरपालिका-६ बस्ने ३२ वर्षीय किशोर कुमार साह र धादिङ गल्छी गाउँपालिका-७ घर भएका २६ वर्षीय राम पण्डित रहेका छन्। 

क्त गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका व्यक्तिहरुले गोदामको चाबी मिलाई सामानहरू चोरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरुबाट २० थान टिभि, ५ सेट एयर कण्डिस्नर, २ कार्टुन सिलिङ पङ्खा, ३ थान टेबल पङ्खा, २ कार्टुन उफर, १ थान वासिङ मेशिन र १ थान ग्याँस चुलो प्रहरीले बरामद गरेको छ। 

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रकाशित: Jun 15, 2022| 23:40 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।