आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङको 'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेतालाई पुरस्कार वितरण

सामसङको 'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेतालाई पुरस्कार वितरण

सामसङ नेपाल, आइएमएस ग्रुप र हिम इलेक्ट्रोनिसद्वारा नयाँ वर्ष, पुरस्कारको हर्ष योजनाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– सामसङ नेपाल, आइएमएस ग्रुप र हिम इलेक्ट्रोनिसद्वारा नयाँ वर्ष, पुरस्कारको हर्ष योजनाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

नयाँ वर्षको आगमनसँगै सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत ३ वितरक( भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० जना विजेताहरूलाई बजाज २२० एफ एबिएस बाइक पुरस्कार वितरण गरिएको हो।

यस योजना अन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भाउचरहरू पनि प्रदान गरिएको छ। सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म सञ्चालन गरिएको थियो। जसमा देशभरको सम्पूर्ण वितरकहरूलाई सहभागी गराइएको थियो।

योजनाका विभिन्न पुरस्कार विजेताहरूलाई ज्ञानेश्वरस्थित एटिक रेष्टुरामा आयोजित एक कार्यक्रममा पुरस्कारहरू वितरण गरिएको हो।

प्रकाशित: Jun 15, 2022| 18:52 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्