आइतबार, असोज ११, २०८३

नक्सालमा जर्मन स्ट्यान्डर्डको नयाँ सोरुम

उद्घाटन समारोहमा पूजाका सीईओ विवेक विजुक्छेले ग्राहकको मागअनुसार अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याइएको बताए।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको आधिकारिक नेपाली बिक्रेता पूजा इन्टरनेसनलले काठमाडौंको नक्सालमा सोरुम नक्सालमा सञ्चालनमा ल्याएको छ।  सोमबार एक कार्यक्रम आयोजना गरी जर्मन स्टान्डर्डको सोरुम उद्घाटन गरिएको हो। 

उद्घाटन समारोहमा पूजाका सीईओ विवेक विजुक्छेले ग्राहकको मागअनुसार अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याइएको बताए। 

'नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउदा निकै खुसी छौं। फक्सवागनका उपभोक्तालाई यसले थप सजिलो बनाउनेछ,' उनले भने। 

नयाँ सोरुम सञ्चलानमा ल्याएको अवसरमा कम्पनीले आगामी दुई सातासम्म सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि ४ वर्षसम्म निशुल्क सर्भिसिङ पाउनेछन्।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। 

नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा छन्।

प्रकाशित: Jun 15, 2022| 18:47 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्