सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिक स्कुटर जित्ने मौका

कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिक स्कुटर जित्ने मौका

कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आईपीएस ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आईपीएस ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । 

National life

यस अफरअन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी, आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा ५० रुपैयाँको रिचार्ज पाउन सक्नेछन् । 

त्यसैगरी, अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कनेक्ट आईपीएसले विज्ञप्तिमा उल्लेख गरेको छ । अफर असार १ गतेबाट ३२ गतेसम्म लागू हुनेछ । 

यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।

प्रकाशित: Jun 15, 2022| 18:41 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्