सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकद्वारा लालबन्दीका कृषकलाई वित्तीय साक्षरता तालिम

एनएमबि बैंकद्वारा लालबन्दीका कृषकलाई वित्तीय साक्षरता तालिम

एनएमबि बैंकले सर्लाहीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं–  एनएमबि बैंकले सर्लाहीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ।

National life

कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकहरुको उपस्थिति रहेको थियो। बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरकृया समेत गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए।

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनका लागि अत्यन्तै महत्त्वपूर्ण पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका करिब १,५०० किसान प्रत्यक्ष रुपमा व्यावसायिक तरकारी खेतीमा लागेका छन्। यस क्षेत्रमा उत्पादित तरकारी नेपालका काठमाडौं, पोखरा, विराटनगर, नारायणगढ लगायतका विभिन्न सहरमा पठाइन्छ। 

कार्यक्रमले यहाँका किसानहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुर्‍याइ समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको जनाएको छ।

Shivam cement

प्रकाशित: Jun 15, 2022| 18:35 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्