काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले अलफ्ट होटलमा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलफ्ट होटल काठमाडौंका तर्फबाट बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन्।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
बैंकले १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।