आइतबार, असोज ११, २०८३

शिखरले ल्यायो नयाँ मोडलका स्पोर्टस् जुत्ता

शिखर सुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस् जुत्ता बजारमा ल्याएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– शिखर सुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस् जुत्ता बजारमा ल्याएको छ। कोरोना महामारीका कारण विगतमा सुस्ताएको बजार अहिले केही सहज भएसँगै नयाँ जुत्ताहरु ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले एकै पटक ४० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।

अहिले महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारमा आएका स्पोर्टस् जुत्ता हल्का, लचकदार रहेको शिखर सुजले जनाएको छ।

विगत २५ वर्ष देखि विभिन्न प्रकारका जुत्ता शिखरले बिक्री वितरण गर्दै आएको छ । स्पोर्टस् जुत्ता सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने कम्पनीको भनाइ छ।

प्रकाशित: Jun 15, 2022| 18:30 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्