सोमबार, असार ८, २०८३

बर्जर पेन्ट्स नेपालको आयोजनामा फेशन शो

नेपालमा सन् २००० देखि रंग उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट एक फेशन शो समारोहबीच सम्पन्न गरेको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– नेपालमा सन् २००० देखि रंग उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट एक फेशन शो समारोहबीच सम्पन्न गरेको छ।

National life

आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरू सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरूले प्रख्यात डिजाइनरहरू मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएको आकर्षक पहिरनमा प्रस्तुति दिए।

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो। रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८(८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो।

पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो। दोस्रो चरणमा कासाबाट डिजाइन गरिएको फर्मल्ली फर्मल डिजाइनहरू र तेस्रो चरणमा मनिष राईको ग्लिट्जी इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको थियो। 

बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरूको प्रस्तुतिमा केन्द्रीत हुँदै पोशाकहरूमा बर्जर रंगहरू तथा ढाँचाहरूलाई कलात्मकताको तरिकाले प्रस्तुत गर्दै आएको छ। 

Shivam cement

प्रकाशित: Jun 15, 2022| 18:27 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्