काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंक सम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन ससक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।
ग्राहकरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछन् । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ ।
ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ ।