काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सलमान खानको नेपाल भ्रमण कार्यक्रमबारे संसदमा प्रष्टीकरण दिएका छन्। बजेटमाथि उठेका प्रश्नको छलफलमा सहभागी हुँदै मन्त्री आलेले यस्तो बताएका हुन्।
सलमान खानलाई सरकारले ल्याउन लागेको नभएर निजी क्षेत्रले ल्याउन लागेको र त्यसमा आफूहरूले सहयोग मात्र गरेको उनले प्रष्ट पारे।
'यो मन्त्रालयले आयोजना गरेको होइन। निजी क्षेत्रको आयोजना हुन लागेको थियो। त्यसमा हामीले सहजीकरण मात्र गरेको हो। नेपाली कलाकारलाई पनि सामेल गर्न भनेको थिएँ। उहाँहरु सहमत हुनुहुन्थ्यो। यसमा ढिलाइ भएको छ। सलमानसँग आउने भारतीय कलाकार मुद्दा रहेको र देश छाड्न नपाउने भएकाले सरेको हो,' उनले भने।