बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवा आयोगलाई थप सुध्रिन राष्ट्रपति भण्डारीको सुझाव

लोकसेवा आयोगलाई थप सुध्रिन राष्ट्रपति भण्डारीको सुझाव

आयोगले आफ्नो सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै नागरिक एपसँग जोडेकामा राष्ट्रपतिको प्रशंसा।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ परिवेशअनुसार चुनौती सामना गर्न सक्ने गरी सुध्रिन सुझाएकी छन्।

National life

बुधबार आयोजित आयोगको ७२ औं वार्षिकोत्सव अवसरमा राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगले खेलेको भूमिका प्रभावकारी रहेको बताइन्।

आयोगले आफ्नो सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै नागरिक एपसँग जोडेकामा प्रशंसा गरिन्। यसबाट नागरिकलाई आयोगका सेवा पाउन सरल र सहज हुने अपेक्षा लिएको राष्ट्रपति भण्डारीको भनाइ छ। 

ठूलो राजनीतिक परिवर्तनपछि मुलुक क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेकाले सोहीअनुरूपको जनशक्ति छनोट गर्नु आवश्यक भएकामा जोड दिइन्।  

उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्न सक्ने र सोहीअनुरूप कर्तव्य पालन गर्न सक्ने मानव स्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अंगका रूपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गरिन्। 

Shivam cement

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमानदार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताइन्। 

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ।

साथै, आयोगले संघीय सरकारी सेवा र संगठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत दिँदै आएको छ। 

राष्ट्रपति भण्डारीले मुलुकको आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयतालगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको र त्यसले नागरिक स्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताइन्। 

कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिए। 

उनले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सोसरहका पदमा दुई जना विज्ञबाट अलग–अलग दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सोसरहको पदका उत्तरपुस्तिका तथा संगठित संस्थातर्फका नवाँं वा सोभन्दा माथिका  पदका परीक्षाका उत्तरपुस्तिका आयोगमै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको बताए।  

आयोग २००८ असार १ गते गठन भएको हो। नेपालको सबैभन्दा जेठो संवैधानिक निकाय आयोगले सोही वर्ष भदौ १८ गते पहिलो पटक ६ वटा पदका लागि विज्ञापन गरेर काम थालेको थियो ।

प्रकाशित: Jun 15, 2022| 15:00 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।