काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको प्रमुख भूमिका रहेको ब्रह्मास्त्रको ट्रेलर बुधबार रिलिज भएको हो।
ट्रेलरमा देखाइएअनुसार भीएफएक्सको व्यापक प्रयोग भएको छ। जहाँ, रणवीर शिवा र आलिया भट्ट ईशाको भूमिकामा देखिएका छन्। ट्रेलरमा देखाइएअनुसार रणवीरमा एक शक्ति हुन्छ, त्यसले संसारका नकारात्मक शक्तिबाट बचाउँछ।
यो फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रायलाई पनि देख्न सकिनेछ। आउँदो सेप्टेम्बरबाट दर्शकमाझ आउन लागेको फिल्मको निर्देशन भने आयान मुखर्जीले गरेका हुन्।
भारतको स्टार स्टुडियोले युट्युवमा अपलोड गरेको ट्रेलरले धेरै तारिफ बटुल्न पनि सुरु गरिसकेको छ। त्यहाँ धेरैले यो फिल्मले हलिउड मुभीको गन्ध दिएको पनि बताइरहेका छन्।
कतिले यो फिल्मले बलिउडलाई नयाँ उचाइमा पुर्याउने आशा गरेको पनि बताएका छन्। कसैले भने यो ट्रेलरको आधारमा फिल्मको अनुमान लगाएका छन्। एकभन्दा धेरै हिरोहरु राखिएको फिल्म भन्दै एभेन्जर्स सिरिजको हिन्दी रुप पनि भएको बताएका छन्।
बलिउडमा भीएफएक्सको प्रयोग भएका धेरै फिल्महरु पाइन्छन्। अवतार, एभेन्सर्स सिरिज, ग्राभिटी, इन्टरस्टेलर, लाइफ अफ पाइ, आइरन मेन, पाइरेट्स अफ क्यारिबियनलगायतका फिल्मले धेरै चर्चा पाएका छन्।
यसअघि दक्षिण भारतीय फिल्म बाहुबली र आरआरआरले पनि धेरै चर्चा पाएका थिए। बलिउडमा यो फिल्मलाई नयाँ सुरुआतका रुपमा लिइएको छ।
तीन मिनेटको ट्रेलरमा रणवीर कपुरलाई आगोले प्रभाव नपार्ने मानिसको रुपमा देखाइएको छ। ट्रेलरका अनुसार फिल्मले अस्त्रका देवताको कहानी भएको जनाएको छ र त्यसलाई नै ब्रह्मास्त्र भनिएको छ। त्यो ब्रह्मास्त्रको आफ्नो निर्देशनमा चल्छ भने सुरुमा शिवलाई थाहा हुँदैन।
ट्रेलरको पृष्ठभूमिमा स्वर दिएका अमिताभले अस्त्रहरुमा प्राचिन कुरा समावेश रहेको जनाउँदै ट्रेलर सुरु भएको छ। एक्सनको धेरै प्रयोग भएको फिल्ममा त्यहि ब्रह्मास्त्र पाउन दुई पक्षबीचको लडाइँ रहेको संकेत ट्रेलरले गरेको छ। साथै बोनसमा रणवीर र आलियाको लभ केमेस्ट्री पनि देख्न पाइने ट्रेलरले इंगित गरेको छ।
ट्रेलरमा अस्ट्राभर्सको पनि उदय भएको दखाइएको छ। तर यसअघि शाहरुख खानको ठूलो भूमिका रहेको भनिए पनि उनलाई भने ट्रेलरमा देखाइएको छैन। त्यसैले उनका फ्यानहरुले आलोचना पनि गरेका छन्। त्यो अस्ट्राभर्स नै शाहरुख खान हुनसक्ने आकलन पनि छ।