गोरखा- डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गाउँपालिका-८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ। पक्राउ पुर्जी जारी हुनेहरूमा वनका सचिव, सहसचिवलगायत छन्।
वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको तर अहिलेसम्म पक्राउ नपरेको कार्यालयका सूचना अधिकृत महेश पौडेलले बताए। सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन्। उनी प्रहरी हिरासतमा छन् ।
ढकालले दिएको बयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो ।