बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि विद्यार्थीबाट खुकुरी प्रहार भएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि विद्यार्थीबाट खुकुरी प्रहार भएको छ। 

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन। सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो। 

प्रहरीले घटनाको अनुसन्धानका लागि चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रहरीले म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जिव भण्डारी (अनमोल)लाई पक्राउ गरेको जनाएको छ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबीच विवाद भएको थियो। विवादमा संलग्न विद्यार्थीलाई छुट्याउने क्रममा गार्डमाथि आक्रमण भएको हो। 

प्रकाशित: Jun 15, 2022| 09:12 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।