बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौंमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

टोखा नगरपालीका-६ धापासी डाँफे कोलनी नजिकै मंगलबार कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंमा कारको ठक्करबाट पाँच वर्षीय बालकको ज्यान गएको छ। टोखा नगरपालीका-६ धापासी डाँफे कोलनी नजिकै मंगलबार कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा स्थानीय प्रियान्स उप्रेती रहेको प्रहरीको भनाइ छ। कारको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए। कारसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 15, 2022| 08:59 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।