बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा ११ हजार भोल्ट विद्युत्को तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैला नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

जनकपुरधाम- धनुषामा ११ हजार भोल्ट विद्युत्को तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको  छ। मृत्यु हुनेमा सबैला नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय  ज्ञानेन्द्र ठाकुर बरही रहेका छन्।

बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडकअन्तर्गत भठिहन चौकमा मंगलबार  दिउँसो उक्त दुर्घटना भएको हो।

११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घरमाथि फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्‍याएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: Jun 15, 2022| 07:35 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।