काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ८२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७१ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ १ पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर