सोमबार, असार ८, २०८३

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ। राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ। जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ। 

National life

उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ। राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ। जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन्।

यस्तै विदेशी विनिमय अपचलनतर्फ रु एक अर्ब १० करोड २१ लाख बराबरको बिगो कायम गरी ७८ जनाविरुद्ध ४६ मुद्दा दर्ता गरिएको छ। विभागले सर्वसाधारणको नागरिकता र आर्थिक अवस्थाको फाइदा उठाइ कारोबार गर्ने र वास्तविक कारोबारी पर्दा पछाडि रहनसक्नेतर्फ सचेत हुँदै त्यस्ता  कारोबारबाट प्रयोग भएका कम्युटर र मोबाइलमा रहेका विवरणलाई डिजिटल फरेन्सिक ल्याबसमेतको सहयोगमा अनुसन्धानमार्फत वास्तविक धनीको पहिचान गर्ने पद्धतिको विकाग गर्दै लगिएको सूचनामार्फत जनाएको छ। 

विभागमाथि राजस्व चुहावटका विविध क्षेत्रमा  संलग्न व्यवसाय, फार्म र व्यक्तिका कारोबारस्थलमा अनुगमन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने अनुसन्धान गर्ने र कानुनले तोकेको सीमाभित्र रही अभियोजन गर्ने वा कर निर्धारणका साथै सरोकारवाला निकायमा लेखी पठाउने जिम्मेवारी छ। 

चालु अर्थिक वर्षमा बहुर्राष्ट्रिय कम्पनीले कारोबार गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता जटिल तथा केही नयाँ विषयमा समेत अभियोजन र अनुसन्धान केन्द्रित गरेको विभागले जानकारी दिएको छ। यस्तै महालेखा परीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा पनि विभागले अनुसन्धानलाई निरन्तरता दिएको छ।

Shivam cement

पछिल्लो समयमा भएको कडाइका कारण चिनी, लत्ताकपडा, मदिरा र विद्युतीय सामानको चोरी पैठारी बढ्न सक्ने र नियमित भन्सार बिन्दु प्रयोग नगरी एकै पटक गोदाममा स्रोत नखुलेका वस्तुको भण्डारण र कारोबारको सूचनाका आधारमा व्यवसायीलाई थुनामा राखी अनुसन्धान र अभियोजनलाई समेत तीव्रता दिएको विभागले जनाएको छ। 

प्रकाशित: Jun 14, 2022| 22:15 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्