बिहीबार, असार ४, २०८३

सेनाको प्रकोप व्यवस्थापनमा अभ्यास सम्पन्‍न

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो-४ मंगलबार सम्पन्‍न भएको छ। विभिन्‍न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो-४ मंगलबार सम्पन्‍न भएको छ। विभिन्‍न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो। 

National life

विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्यांकन, विपद्सँग सम्बन्धित विभिन्‍न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनका लागि अभ्यास हातेमालो-४ गरिएको हो।

समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभ्यास उपलब्धिमूलक रहेको र प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय र सुरक्षा चुनौती रहने हुँदा एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने बताए। उनले समन्वय तथा सहकार्यमा एकीकृत ढङ्गले अगघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने उल्लेख गरे। 

प्रधानसेनापति शर्माले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनका लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको पनि जानकारी दिए। दुई दिवसीय अभ्यासका दौरान विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा प्रस्तुतीकरणसहितको छलफल तथा अन्तरक्रिया र विभिन्न अभ्यास गरिएको थियो। 

प्रकाशित: Jun 14, 2022| 21:30 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।