सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्यानिटरी प्याडमा भन्सार छुट नीतिप्रति उद्योगी आन्दोलित

स्यानिटरी प्याडमा भन्सार छुट नीतिप्रति उद्योगी आन्दोलित

सरकारले आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- सरकारले आगामी वर्षको बजेटमा स्वदेशी उद्योग निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। 

National life

मंगलबार पत्रकार सम्मेलन गर्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडा आन्दोलनमाा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन्। सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरुले आफूहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा तयारी स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार शुल्कमा ९० प्रतिशत छुट दिने घोषणा गरिएको छ। बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चा पदार्थको आयातमा पनि ९९ प्रतिशत छुट दिने उल्लेख छ।

नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशायी बनेको आरोप लगाएका छन्। नेपालको उद्योगलाई धराशायी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन्। 

नेपाली उद्योगलाई पूर्ण रुपमा धराशायी बनाउने नीति सरकारले लिएको भन्दै देश स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी सामग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्‍याएको उनको आरोप छ। आफूहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई छ।  

Shivam cement

उनले भने, ‘आफैं स्यानिटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशायी बनाउने र सिध्याउने नीति लिएको छ।’ उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त:शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए। स्यानिटरी प्याड उत्पादनमा पूर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ। 

गत ०७७-७८ सालमा नेपाल आफैँले ३ अर्बको स्यानिटरी प्याड उत्पादन गरेको सुनाए। यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिए। 

अध्यक्ष अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफूहरु रोकिएको बताए। उनले अब माग सम्बोधन नभए ठूलो आन्दोलन गर्ने चेतावनी दिए। 

साखः स्टिलका सञ्‍चालक किरण साखःले डन्डीको विषयमा धेरै पटक मिडियामा आएको बताए। पुरानो समस्या अझैपनि सरकारले सम्बोधन नगरेको भन्दै उनले दुःखेसो पोखे। अहिलेको बजेटको विषयमा बोल्दै साखःले २४-२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको टिप्पणी गरे। उनले प्रश्न गरे,‘स्पोन्ज आइरनमा मात्र किन अन्त:शुल्क बढाइयो?’

उनले ४-५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशायी भएको बताए। सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्त:शुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने उनको दाबी छ।   

उनले भने, ‘नेपाली उद्योगबाटै बिलेट दिन्छौं, तपांईहरु खरिद गरेर बिक्रि गर्नुस भन्छ सरकारले, तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ। कि त भारतको मुल्यमा दिनुपर्‍यो।’

अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्त:शुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले सुनाए। उनले भने, ‘तर सरकारले त्यो मान्‍न तयार भएन।’ भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महँगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनले बताए। 

सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास अझै रहेको भन्दै उनले भने, ‘आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पूरा गर्नैपर्छ। हामीले जायज माग उठाएका छौं।’

उनले सरकारले पोस्‍न खोजेका ६ वटा उद्योगहरुको नामसमेत सार्वजनिक गरेका छन्। उनकाअनुसार सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपतिको लागि सरकारले अन्य उद्योगलाई मारमा पार्ने काम गरेको छ। 

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त:शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोश पोखे। उनले अब पनि माग सम्बोधन नभए पुराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगी मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए। 

प्रकाशित: Jun 14, 2022| 20:49 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्